२०८३, आश्विन २३ गते

images

अनुशासन समितिबाट हटाइएपछि सुवेदीले दिए उजुरी

अनुशासन समितिबाट हटाइएपछि सुवेदीले दिए उजुरी

आइतवार, आषाढ २९ २०८२०१:१२
आइतवार, आषाढ २९ २०८२०१:१२
  • images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको विवाद सार्वजनिक रूपमा चुलिँदै गएको छ। अनुशासन समितिको अध्यक्ष पदबाट हटाइएपछि वरिष्ठ नेता नवराज सुवेदीले पार्टी नेतृत्वको निर्णय विरुद्ध निर्वाचन आयोगमा उजुरी दिएका छन्।

    पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले असार २५ गते सुवेदीलाई राप्रपाको साधारण सदस्य नरहेको निष्कर्ष निकाल्दै अनुशासन समिति अध्यक्षबाट हटाएका थिए। उनको सट्टा रोशन कार्कीलाई नयाँ अध्यक्षको रूपमा मनोनीत गरिएको थियो।

    अध्यक्षको सो निर्णयको विरोधमा सुवेदी आइतबार पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, महामन्त्रीहरू धवल समशेर जबरा र कुन्ती शाहीलगायतका नेताहरूसहित निर्वाचन आयोग पुगे।

    आयोगमा उजुरी दिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सुवेदीले आफूलाई कुनै सूचना नदिई हटाइनु अध्यक्षको ‘स्वेच्छाचारिता’ भएको आरोप लगाए। "म कुनै आधिकारिक बैठक वा निर्णयबिना हटाइएको छु, जसले प्राकृतिक न्यायको सिद्धान्तको उल्लंघन गरेको छ," उनले भने।

    सुवेदीले पार्टीभित्रको षड्यन्त्रको अन्त्य र निष्पक्ष न्यायको माग गर्दै आयोगमा उजुरी दिएको बताएका छन्। साथै उनले राजसंस्थाको पुनःस्थापनाका लागि जारी आन्दोलनमा आफू कटिबद्ध रहेको र पार्टीभित्र गुटबन्दी नहोस् भन्ने पक्षमा आफू उभिएको पनि स्पष्ट पारे।

    उनले वर्तमान परिस्थिति र भविष्यको रणनीतिबारे विस्तृत प्रतिक्रिया चाँडै सार्वजनिक गर्ने जानकारी पनि दिएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend