२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • संसद्मा उठ्यो स्पेन भ्रमणमा मानव तस्करी...

संसद्मा उठ्यो स्पेन भ्रमणमा मानव तस्करी र मन्त्रीको घुस

संसद्मा उठ्यो स्पेन भ्रमणमा मानव तस्करी र मन्त्रीको घुस

आइतवार, आषाढ २९ २०८२०१:३१
आइतवार, आषाढ २९ २०८२०१:३१
  • images

    काठमाडौँ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको स्पेन भ्रमणमा मावन तस्करी र मन्त्रीले घुस मागेको विषयमा प्रश्न उठेको छ । 

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमन श्रेष्ठ र राप्रपाका सांसद ज्ञानबहादुर शाहीले उक्त विषयमा कुरा उठाएका हुन् । 

    दुई विधेयक प्रस्तुत हुँदै

    प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हालेका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची  छ ।

    त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गर्नेछन् ।

    बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस’ भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend