२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • कांग्रेसको प्रस्ताव : सदन स्थगित गरी...

कांग्रेसको प्रस्ताव : सदन स्थगित गरी सहमतिको वातावरण बनाउने सुझाव

कांग्रेसको प्रस्ताव : सदन स्थगित गरी सहमतिको वातावरण बनाउने सुझाव

सोमवार, आषाढ ३० २०८२०१:४७
सोमवार, आषाढ ३० २०८२०१:४७
  • images

    काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पुनः सदनमा ल्याउन सहमतिको वातावरण बनाउने प्रस्ताव गरेको छ। जेठ १३ गतेदेखि सदन अवरुद्ध गरिरहेका यी दुई दललाई सहभागितामा ल्याउन कांग्रेसले सभामुख देवराज घिमिरेसँग आग्रह गरेको हो।

    सोमबार भएको छलफलमा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले केही समय संसद् स्थगित गरेर पनि सहमति खोज्नुपर्ने बताएका छन्। “रास्वपासँग संवाद रोकिएको छ। अब केही समय संसद् स्थगित गरेर सहमति गरेर अगाडि बढ्नुपर्छ,” उनले भने।

    रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिनको माग गर्दै आन्दोलन जारी रहेको जनाए। “महत्वपूर्ण विधेयक नभएको अवस्थामा दुई सातासम्म बैठक स्थगित गरेर सहमतिको वातावरण बनाउनु उचित हुन्छ,” उनले भने।

    त्यस्तै, राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले चौथो र पाँचौँ ठूलो दलको अनुपस्थितिमा सदन सञ्चालन गर्नु राम्रो सन्देश नजाने बताए। “बजेट पास गर्नु आवश्यक थियो, तर अब सहमतिका लागि सरकार गम्भीर होस्,” उनले भने।

    माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भूमि विधेयकलाई समितिमा लैजान माग गरे। सभामुख घिमिरेले प्रतिपक्षी सांसदहरूको अनुपस्थितिको विषयमा आफू गम्भीर रहेको प्रतिक्रिया दिएका छन्।

    संसदमा देखिएको गतिरोध अन्त्य गर्न कांग्रेसले लिएको सहमतिको पहल राजनीतिक समाधानका लागि मार्गचित्र बन्न सक्ने देखिन्छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend