२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • मन्त्रीको घुस डिलमा माओवादीले माग्यो प्रधानमन्त्रीको...

मन्त्रीको घुस डिलमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ, रास्वपा र राप्रपाले गरे संसद बैठक बहिष्कार

मन्त्रीको घुस डिलमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ, रास्वपा र राप्रपाले गरे संसद बैठक बहिष्कार

सोमवार, आषाढ ३० २०८२०१:५१
सोमवार, आषाढ ३० २०८२०१:५१
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजान्त्र  पार्टीले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन्।  सोमबार प्रतिनिधिसभा बैठक सुरू हुने वित्तिकै दुवै पार्टीका सांसदहरूले सिटबाट उठेर विरोध जनाएका थिए।

    त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाका सांसद अशोक कुमार चौधरीलाई बोल्न अनुमति दिएका थिए। उनले भिजिट भिसा प्रकरणको छानबिन गर्न सरकार उदासिन भएको आरोप  लगाए। उनले  विभिन्न काण्डमा मुछिएका मन्त्रीहरू जोगाउन नै सरकार लागिपरेको बताए।  मानवतस्करीका बिरुद्धमा ४७ दिनदेखि आवाज उठाउँदै आएको भन्दै उनले स्पेन घटनाले भिजिट भिसा प्रकरण कति गहिरो छ भन्ने देखाएको बताए। उनले घुसको डिल गर्ने, मानवतस्करी गर्ने मन्त्रीहरूलाई संरक्षण गर्ने अधिकार प्रधानमन्त्रीलाई कसैले नदिएको जिकिर गरे। घुसको डिल गर्ने मन्त्रीहरूलाई तत्काल कारवाही गर्न माग गरे।

    त्यसपछि राप्रपाका सांसद राजेन्द्र लिङ्देनले बोल्नका लागि समय पाए। उनले मानव तस्करी र भ्रष्टाचार सरकारको षडयन्त्रबिना हुन नसक्ने बताए। सुशासन आयोग खै रु भन्दै सरकारलाई प्रश्न समेत गरे। उनले भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलहरूले उठाएको विषयको गलत व्याख्या नगर्न समेत आग्रह गरे।

    नेकपा ९माओवादी केन्द्र०का सांसद देवेन्द्र पौडेलले मन्त्रीको घुस डिलको अडियोबारे प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गरेका छन् । आज प्रतिनिधिसभा बैठकमा सांसद पौडेलले जनताले थाहा पाउने गरी जवाफ दिनुपर्ने बताए ।

    संघीय प्रशासन तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कास्की मालपोत कार्यालयका प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख मागेको घुस मागेको भनिएको अडियो संवाद बाहिरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend