२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • घुस डिल प्रकरणमा मन्त्री अधिकारीको...

घुस डिल प्रकरणमा मन्त्री अधिकारीको स्पष्टोक्ति : अरुले कुरा गरेको आधारमा मलाई मुछ्ने काम भयो

घुस डिल प्रकरणमा मन्त्री अधिकारीको स्पष्टोक्ति : अरुले कुरा गरेको आधारमा मलाई मुछ्ने काम भयो

सोमवार, आषाढ ३० २०८२०४:५३
सोमवार, आषाढ ३० २०८२०४:५३
  • images

    काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि आयोग कास्कीको अध्यक्ष नियुक्तिसम्बन्धी चर्चित घुस प्रकरणमा आफूलाई अनाहकमा मुछिएको दाबी गरेका छन्।

    सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिंदै मन्त्री अधिकारीले आफू कुनै डिलमा संलग्न नभएको स्पष्ट पारे। उनले आफूलाई हल्लाको भरमा दोषी ठहर्याउन खोजिएकोप्रति गम्भीर आपत्ति जनाए।

    “कसैले कसैसँग कुरा गरेको आधारमा मलाई दोषी देखाउने प्रयास भइरहेको छ। हल्लामा होइन, तथ्यमा आधारित भएर सत्यको खोजी गरौं,” मन्त्री अधिकारीले भने।

    प्रमाण आयो भने कारबाही भोग्न तयार

    मन्त्री अधिकारीले भूमिसम्बन्धी कुनै पनि नियुक्तिमा घुस डिल भएको प्रमाण भेटिए, आफू कानुनी कारबाही भोग्न तयार रहेको पनि स्पष्ट गरे।

    “यदि भूमि आयोगका पदाधिकारी नियुक्तिमा म संलग्न भएर घुस डिल गरेको प्रमाणित भयो भने म कारबाही भोग्न तयार छु,” उनले प्रतिनिधिसभामा भने।

    विधेयक पारित गर्न आग्रह
    मन्त्री अधिकारीले संसदमा भूमिसम्बन्धी विधेयकलाई छिटो पारित गर्न आग्रह गर्दै त्यसले भूमि सुधार, व्यवस्थापन र वितरण प्रक्रियालाई प्रभावकारी बनाउन मद्दत पुग्ने बताए।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend