काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचतेक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले भ्रष्टाचार आरोपी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल पक्राउ गरी छानबिन गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद शाहीले सार्वजनिक भएको मन्त्रीको अडियो प्रकरणको छानबिनका लागि सम्बन्धीत मन्त्रीलाई प्रक्राउ गर्न माग गर्न माग गरेका हुन् ।
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गृहमन्त्रालयका निकायहरू समेत भ्रष्टाचार जस्तो गम्भीर विषयमा मौन रहेको भन्दै आपत्ति जनाए । उनले वर्तमान सरकारले भ्रष्टाचार गरेर विश्व किर्तिमान राखेको व्यंगात्मक टिप्पणी पनि गरे ।

