२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • विधान महाधिवेशन तयारीका क्रममा एमाले सचिवालय...

विधान महाधिवेशन तयारीका क्रममा एमाले सचिवालय बैठक बस्दै

विधान महाधिवेशन तयारीका क्रममा एमाले सचिवालय बैठक बस्दै

बिहिवार, श्रावण १ २०८२११:४८
बिहिवार, श्रावण १ २०८२११:४८
  • images

    काठमाडौँ । नेपाल कम्प्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठक आज पार्टी मुख्यालय, च्यासलमा बस्दैछ ।

    एमाले कार्यालय सचिव डा भीष्म अधिकारीले दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको दोस्रो विधान महाधिवेशनबारे छलफल हुने जानकारी दिए । पार्टीको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरी गर्नेगरी एमालेले आवश्यक तयारी गरिरहेको छ ।  

    यस्तै सोही विधान महाधिवेशन तयारीका लागि यही साउन २ गते एमालेको पोलिटब्युरो र साउन ५ गते केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । आज बस्ने एमाले सचिवालय बैठकले पोलिटव्युरो र केन्द्रीय कमिटी बैठकका कार्यसूचि तय गर्ने कार्यालय सचिव डा अधिकारीले बताए ।

    यसअघि गत असार ११ गते एमालेको ५३औँ सचिवालय बैठक बसेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend