२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • घुस आरोपपछि मन्त्री अधिकारी भन्छन्, ‘अडियो...

घुस आरोपपछि मन्त्री अधिकारी भन्छन्, ‘अडियो मेरो होइन्, चरित्र हत्या गर्ने प्रयास भयो’

घुस आरोपपछि मन्त्री अधिकारी भन्छन्, ‘अडियो मेरो होइन्, चरित्र हत्या गर्ने प्रयास भयो’

बिहिवार, श्रावण १ २०८२०४:४०
बिहिवार, श्रावण १ २०८२०४:४०
  • images

    काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पोखरामा १३५ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गराउन घुस लिएको दाबीसहित सार्वजनिक अडियो आफू र मन्त्रालयसँग असम्बन्धित रहेको बताएका छन्।

    बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले अडियोमा रहेका आवाज र पात्रहरू आफ्नो सरोकारवाला नभएको स्पष्ट पारे। उनले आफूले कुनै पनि कर्मचारी सरुवा वा जग्गा दर्ता कार्यमा घुस नलिएको दाबी गर्दै उक्त अडियो आफूलाई बदनाम गर्न नियोजित रूपमा सार्वजनिक गरिएको बताए।

    मन्त्री अधिकारीले पोखराका एक कर्मचारी सुजन लामाको सरुवा रोक्नका लागि दबाब आएपनि आफूले अस्वीकार गरेको उल्लेख गर्दै, “मैले भनेको नमानेपछि चरित्र हत्या गर्ने षड्यन्त्र भएको छ,” भने।

    उनले सो अडियो प्रकरणमा आफ्ना छोराको नामसमेत घसीटिएकोप्रति आपत्ति जनाउँदै, “मेरो र परिवारको चरित्र हत्या गर्ने कुप्रयास हो,” भने। साथै, सञ्चारमाध्यमलाई गम्भीर भएर सत्यतथ्य पत्ता लगाउन आग्रह गरे।

    सार्वजनिक अडियोमा मन्त्री अधिकारीलाई ३२ लाख रुपैयाँ घुस लिएको र संघीय मामिला तथा सामान्य प्रशासनका तत्कालीन मन्त्री राजकुमार गुप्ताले ३५ लाख लिएको आवाज सुनिन्छ। यसअघि गुप्तामाथि पनि भ्रष्टाचारको आरोप लाग्दै राजीनामा दिएका थिए। उनले मन्त्री अधिकारीको नाम समेत उछालेका थिए।

    हाल सार्वजनिक अडियोको सत्यता र संलग्नता पुष्टि गर्ने अनुसन्धानका लागि चासो बढ्दै गएको छ। मन्त्री अधिकारीले भने यसलाई राजनीतिक र व्यक्तिगत बदनियतपूर्ण हमला भनेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend