२०८३, आश्विन २१ गते

images

३ महिनादेखि पाएनन तारकेश्वरका स्थास्थ्यकर्मीले तलब

३ महिनादेखि पाएनन तारकेश्वरका स्थास्थ्यकर्मीले तलब

शुक्रवार, श्रावण २ २०८२०१:१२
शुक्रवार, श्रावण २ २०८२०१:१२
  • images

    काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका भित्रका स्थायी ७८ जना स्वास्थ्यकर्मीले ३ महिनादेखि तलब पाएका छैनन् । 

    नगर स्वास्थ्य शाखा प्रमुख बिनोद कुमार शाहले अन्तिम समयमा मन्त्रालय गएर बल्लतल्ल बजेट ल्याइएता पनि प्राविधिक कारणले गर्दा तलब पठाउन नसकिएको बताएका छन् । 

    आवश्यकता भन्दा बढि दरबन्दी बाहिर भएका कर्मचारीलाई सहमती दिएर ल्याइएको कारण मन्त्रालयले दरबन्दी अनुसार पठाएको तलब चैत महिनामै सकिएको शाहले बताएका छन् । तारकेश्वरमा ४९ जनाको दरबन्दी रहेको ठाउँमा ७५ जना कर्मचारी हुँदा दरबन्दी हुनेहरुले पनि तलब पाएनन् । 

    २४ जना स्वास्थ्यकर्मीको दरबन्दी अन्यत्र रहेता पनि सहमती लिएर तारकेश्वरमा काम गर्दै आएका छन् । त्यस्तै २ जना करारमा रहेका डाक्टरसहित गरी ७५ जनाले तलब नपाएको प्रमुख शाहले बताएका छन् । 

    विगमा पनि केही स्वास्थ्कर्मी दरबन्दी भन्दा बढि रहेता पनि संघले समयमै बजेट पठाउँदै आएको थियो तर विगत ३ वर्षदेखि दरबन्दी भन्दा बढिका कर्मचारीको तलब समयमा नपठाउँदा समस्या आएको शाहले बताएका छन् । अब भदौ १५ सम्म स्वास्थ्यकर्मीहरूले तलब पाउने प्रमुख शाहले बताएका छन् ।

    नगर स्वास्थ्य शाखाको निस्कृयताका कारण हामीले तलब नपाएको स्वास्थ्यकर्मींहरुले गुनासो गरेका छन् । 

    तारकेश्वर नगरपालिकाले आर्थिक मसान्तको अन्तिम दिन नगरपालिका र वडाका कर्मचारी र इन्जिनियरलाई भने लाखौं भत्ता वितरण गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend