२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • श्रममन्त्री भण्डारीलाई फिर्ता बोलाउँदै लोसपा, उनको...

श्रममन्त्री भण्डारीलाई फिर्ता बोलाउँदै लोसपा, उनको ठाउँमा कसलाई पठाइँदैछ ?

श्रममन्त्री भण्डारीलाई फिर्ता बोलाउँदै लोसपा, उनको ठाउँमा कसलाई पठाइँदैछ ?

शनिवार, श्रावण ३ २०८२०७:५६
शनिवार, श्रावण ३ २०८२०७:५६
  • images

    काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मन्त्री फेर्ने गृहकार्य सुरु गरेको छ। 

    केपी शर्मा ओलीले मन्त्री फेरबदल गर्ने तयारी गरेसँगै लोसपा अध्यक्ष महन्थ ठाकुरले पनि पुनर्गठित सरकारमा पार्टीका वरिष्ठ सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लालाई सरकारमा पठाउने तयारी गरेका हुन्।

    पार्टीका महासचिव तथा प्रवक्ता मनीषकुमार मिश्रका अनुसार पार्टीका वरिष्ठ नेतासमेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई फिर्ता बोलाउन लागिएको छ। ‘पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीलाई एक वर्षका लागि पार्टीले सरकारमा पठाएको थियो। यो कुरा मन्त्री भण्डारीलाई थाहा छ। यसबारे हाम्रो पार्टीमा नेताहरूबीच भद्र सहमति पनि भएको थियो’, उनले भने।

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूको कमजोर कार्यसम्पादन मूल्यांकनबाट असन्तुष्ट बनेका छन्। मन्त्रीहरूको घुस काण्डको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्न लागेका छन्।

     यता पार्टीमा नेताहरू शेखर सिंह, रामप्रकाश चौधरी पनि मन्त्री पदका आकांक्षी छन्। मन्त्री भण्डारी २०औं पटक मन्त्री भइसकेका छन् तर पञ्चायतकालदेखि उनको नेपाली राजनीतिमा प्रभुत्व छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend