२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • लमजुङका आठ पालिका एउटै दमकलका भरमाः...

लमजुङका आठ पालिका एउटै दमकलका भरमाः प्रमुख र उपप्रमुखलाई भने सुविधायुक्त सवारीसाधन

लमजुङका आठ पालिका एउटै दमकलका भरमाः प्रमुख र उपप्रमुखलाई भने सुविधायुक्त सवारीसाधन

आइतवार, श्रावण ४ २०८२०६:५८
आइतवार, श्रावण ४ २०८२०६:५८
  • images

    लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ एउटा मात्र दमकलको भरमा छ । आठ पालिका रहेको यो जिल्लामा आगलागीका घटना हुँदा सबै पालिकाले एउटै दमकलको भर पर्नुपर्ने बाध्यता छ ।

    आगलागीका घटना जतिबेला पनि हुनसक्ने भए पनि लमजुङमा एउटै मात्र दमकल हुँदा तत्काल घटनास्थलमा पुग्नलाई समस्या हुँदा बेलैमा आगो नियन्त्रण गर्न समस्या हुँदै आएको छ । 

    जिल्लामा चार नगरपालिका र चार गाउँपालिका रहे पनि बेँसीसहर नगरपालिकामा मात्र दमकल छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा दमकल राख्नुपर्ने उल्लेख भए पनि जिल्लाका अन्य सात पालिकाले स्थानीय सरकार आएको यतिका वर्ष हुँदा पनि दमकल खरिद नगर्दा एउटै दमकलको भर पर्दै आएका छ ।

    बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालका अनुसार ठूलो आगलागी भएका बेला अन्य स्थानीय तहले हाम्रै नगरकै दमकल प्रयोग गर्ने गरेका छन् । यसरी एउटै दमकल अन्य पालिकाले पनि प्रयोग गर्दा आगलागीका घटना तत्काल नियन्त्रण गर्न समस्या हुने हुँदा अन्य पालिकाले दमकल खरिद गरे आगलागीबाट हुने जनधनको सुरक्षामा मद्दत पुग्ने थियो । 

    स्थानीय तहले दमकल खरिद गरी तयारी अवस्थामा राख्नुपर्ने मस्र्याङ्दी गाउँपालिकाका स्थानीय अनिल गुरुङले बताए । सुन्दरबजार नगरपालिकाका स्थानीय अमृता घिमिरेले जिल्लाकै दोस्रो ठूलो बजार रहेको यस पालिकामा आगलागी हुँदा दमकल नभएका कारण समयमै आगो निभाउन नसक्दा बढी क्षति हुने गरेको र पालिकाले दमकल खरिद गरी आगाली हुँदा समयमै उपलब्ध गराउनुपर्ने बताईन ।

    अत्यावश्यक साधनप्रति चासो नभएका स्थानीय तहका अधिकांश प्रमुख तथा उपप्रमुखका लागि सुविधायुक्त सवारीसाधन भने छन् । मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले यहाँ आगलागीका घटना विशेषगरी गर्मीयाममा बढी हुने गरेका र आगलागीका बेला दमकल बेँसीसहरकै मगाउने गरेको बताए। पालिकाका अधिकांश भागमा दमकल पुग्ने सडक नभएकाले समस्या भइरहेको उनको भनाइ छ । 

    बेँसीसहरको दमकल मगाउने गरे पनि केही आगलागी हुँदा बेँसीसहरबाट आउँदा समय लाग्छ । आगलागीका घटनामा दमकलको प्रयोग महत्त्वपूर्ण हुने भए पनि भौगौलिक समस्याका कारण खरिद नगरिएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताए । 

    जिल्लामा सामान्य  आगलागी हुँदा दमकलबिना नै प्रहरीले आगो निभाउने गरेका छन् । ठूलो आगलागी हुँदा प्रहरी बेलैमा पुगे पनि दमकल पुग्न समय लाग्ने भएकाले क्षति बढी हुने गरेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend