२०८३, आश्विन २३ गते

images

साताको पहिलो कारोबार दिन नै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार

साताको पहिलो कारोबार दिन नै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार

आइतवार, श्रावण ४ २०८२१०:४८
आइतवार, श्रावण ४ २०८२१०:४८
  • images

    काठमाडौँ । साताको पहिलो कारोबार दिन नै नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य बढेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको सूची अनुसार आज सुनको मूल्य ८ सय रुपैयाँले बढेको हो। 

    महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो करोबार दिन शुक्रबार सुन एक लाख ९२ हजार ५ सय रुपौयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्यले पनि बढेको छ । आज चाँदी दुई हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदी दुई हजार २८० रुपैयाँमा कारोबार भएको थियो । 

    आज दश ग्राम सुनको मूल्य एक लाख ६५ हजार ७२५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य एक हजार ९ सय ५९ रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend