२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • ओलीसँगको भेटपछि भण्डारीले भनिनः मेरो पार्टी...

ओलीसँगको भेटपछि भण्डारीले भनिनः मेरो पार्टी सदस्यता नवीकरण भइसक्यो

ओलीसँगको भेटपछि भण्डारीले भनिनः मेरो पार्टी सदस्यता नवीकरण भइसक्यो

आइतवार, श्रावण ४ २०८२०६:०५
आइतवार, श्रावण ४ २०८२०६:०५
  • images

    काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको च्यासल वार्ता सकिएको छ ।

    अपरान्ह सवा ४ बजेदेखि भएको भेटवार्ता करिब डेढ घण्टासम्म चलेर सकिएको हो । ओलीसँगको वार्ता सकिएपछि पूर्वराष्ट्रपति भण्डारी निजी निवास भंगालतिर निस्किएकी छन् ।

    भण्डारीलाई सञ्चारकर्मीले ओलीसँगको वार्तामा के भयो रु कुरा मिल्यो, मिलेन रु भनेर सोधेका थिए । तर उनले कुनै प्रतिक्रिया नदिई च्यासलबाट बाहिरिएकी छन् ।

    बरू च्यासलमा बाक्लो भिडका कारण सुरक्षाकर्मी र पत्रकारहरूबीच विवाद भएको छ ।

    एमालेमा पछिल्लो सयम देखिएको विवादबीच भण्डारी र ओली च्यासलमा वार्ता भएको हो । दुई पटक राष्ट्रपति पद सम्हालेर राजनीतिमा आउन खोजेकी भण्डारी र ओलीबीचको वार्तालाई अर्थपूर्ण भनिएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend