२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • सिरहा कारागारमा कैदीबीच झडप, चौकीदारसहित १३...

सिरहा कारागारमा कैदीबीच झडप, चौकीदारसहित १३ घाइते, चारको अवस्था गम्भीर

सिरहा कारागारमा कैदीबीच झडप, चौकीदारसहित १३ घाइते, चारको अवस्था गम्भीर

आइतवार, श्रावण ४ २०८२१०:०४
आइतवार, श्रावण ४ २०८२१०:०४
  • images

    काठमाडौं । अपराधिक गतिविधि कारागारबाटै सञ्चालित हुने गरेको आरोपका बीच सिरहा कारागारमा कैदीबन्दीबीच झडप हुँदा चौकीदारसहित १३ जना घाइते भएका छन्। तीमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

    कारागारभित्र दाउराको चिरपट प्रयोग गरेर एक-अर्कामाथि आक्रमण भएको जनाइएको छ। झडपमा कारागारका चौकीदार विजय महतोसहित थुप्रै कैदीबन्दी घाइते भएका छन्। घाइतेमध्ये केहीको उपचार सिरहास्थित प्रादेशिक अस्पतालमा भइरहेको छ भने गम्भीर अवस्थाका चार जनालाई काठमाडौं रेफर गरिएको छ।

    घटनाको कारण हालसम्म प्रस्ट नभए पनि कारागार प्रमुख सुबोध कुमार महतोले आन्तरिक अनुसन्धान भइरहेको जनाएका छन्। तर, केही कैदीबन्दीले कारागारभित्र 'नाइके' चयन तथा सरुवामा आर्थिक लेनदेन हुने गरेको आरोप लगाउँदै प्रमुख र सुरक्षाकर्मीको संलग्नता रहेको दाबी गरेका छन्।

    घाइतेमध्ये एक कैदीको सार्वजनिक भएको भिडियोमा पनि कारागारभित्र आर्थिक चलखेल हुने गरेको खुलेर बताएका छन्।

    १५० जना क्षमताको कारागारमा अहिले झन्डै तीन गुणा बढी — ४५८ जना कैदीबन्दी राखिएका छन्। यसले गर्दा बारम्बार विवाद र हिंसात्मक घटना हुने गरेको छ। अत्यधिक भीड, असमान ब्यवस्थापन र आन्तरिक चलखेलका कारण सिरहा कारागार जोखिमपूर्ण बन्दै गएको चिन्ता स्थानीय अधिकारकर्मीहरूले व्यक्त गरेका छन्।

    प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend