२०८३, आश्विन २१ गते

images

एमाले केन्द्रीय कमिटी बैठक जारी

एमाले केन्द्रीय कमिटी बैठक जारी

मंगलवार, श्रावण ६ २०८२१०:१४
मंगलवार, श्रावण ६ २०८२१०:१४
  • images

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक आज पनि लतिलपुर च्यासलस्थित एमाले मुख्यालयमा बस्दै छ ।  बैठकमा केन्द्रीय सदस्यहरूले धारणा जारी रहने एमाले पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

    पार्टीको सचिवालय र पोलिटव्यूरो बैठकले पारित गरिएको उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रस्ताव प्रतिवेदनमाथि आज पनि केन्द्रीय सदस्यले छलफल गर्नेछन् ।

    कोशी, बागमती, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यले उक्त प्रस्तावमाथि आआफ्नो धारणा राख्ने कार्यसूची रहेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।
     
    हिजो प्रतिवेदनमाथि गण्डकी, मधेस, प्रदेश विशेष, सम्पर्क समन्वय कमिटीबाट प्रतिनिधित्व गर्ने ४९ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राख्नुभएको थियो । 

    बैठकमा धारणा राख्नका लागि हरेक केन्द्रीय सदस्यलाई बढीमा तीन मिनेटको समय उपलब्ध गराइएको छ । पार्टी सचिवालय र पोलिटव्यूरोबाहेकका सदस्यले मात्र बैठकमा धारणा राख्न पाउनेछन् । कतिपय केन्द्रीय सदस्यले लिखित रूपमा धारणा बुझाएका थिए ।

    प्रचार विभाग प्रमुख गौतमका अनुसार बैठकपछि समसामयिक प्रस्तावहरूसहितको घोषणापत्र जारी गर्दै आजै बैठक सकिने  छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend