२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • निजामति कर्मचारीको सरुवा मापदण्ड समयानुकल परिमार्जन...

निजामति कर्मचारीको सरुवा मापदण्ड समयानुकल परिमार्जन हुने

निजामति कर्मचारीको सरुवा मापदण्ड समयानुकल परिमार्जन हुने

मंगलवार, श्रावण ६ २०८२१०:३१
मंगलवार, श्रावण ६ २०८२१०:३१
  • images

    काठमाडौँ । निजामती कर्मचारीहरुको सरुवा, पदस्थापना, काज सरुवासम्बन्धी मापदण्डलाई समयानुकल परिमार्जन हुने भएको छ । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले उक्त मापदण्डलाई समयानुकल परिमार्जन गर्न मन्त्रालयका अधिकारीलाईहरुलाई निर्देशन दिएकी हुन् ।

    मन्त्रालयका सचिव र सहसचिवहरुसँग मन्त्री न्यौपानेले निजामती कर्मचारीहरुको सरुवा, पदस्थापना तथा काज सरुवासम्बन्धी कामलाई निश्पक्ष, पारदर्शी तथा बस्तुगत बनाउनका लागि मापदण्डलाई समयानुकुल परिमार्जन गरि राय सुझाव पेस गर्न निर्देशन दिएकी हुन् ।

    मापदण्ड समयानुकल परिमार्जन गरेपछि मात्रै कर्मचारीहरुको सरुवासम्बन्धी काम हुने भएकोले जतिसक्दो चाँडो सुझाव आफूलाई पेस गर्न मन्त्री न्यौपानेले निर्देशन दिएकी छन् ।

    साथै विगतमा बनेका मापदण्ड कार्यान्वयन नभएको हुँदा अब उक्त मापदण्डलाई कडाइका साथ अनिवार्य लागू गरिने मन्त्री न्यौपानेको भनाइ छ ।

    मन्त्री न्यौपानेले कर्मचारी सरुवालाई पूर्वअनुमानयोग्य बनाउन पनि निर्देशन दिएकी छन् ।

    यसैगरी मन्त्री न्यौपानेले निजामती कर्मचारीहरुको गुनासो सुुनुवाइको लागि मन्त्रालयमा छुट्टै गुनासो सुनुवाइ संयन्त्र पनि निर्माण गर्ने बताएकी छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend