काठमाडौँ । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्यांक अनुसार मंगलबार सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले बढेको हो।
महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो करोबार दिन सोमबार सुन एक लाख ९३ हजार ७ सय रुपौयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी दुई हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार पनि चाँदी २ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।
आज दश ग्राम सुनको मूल्य एक लाख ६७ हजार ६१० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य एक हजार ९ सय ८९ रुपैयाँ रहेको छ ।

