२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • मन्त्रिपरिषद् बैठक: मधेश प्रदेशका ८ जिल्ला...

मन्त्रिपरिषद् बैठक: मधेश प्रदेशका ८ जिल्ला तीन महिनाका लागि विपत् संकटग्रस्त क्षेत्र घोषणा

मन्त्रिपरिषद् बैठक: मधेश प्रदेशका ८ जिल्ला तीन महिनाका लागि विपत् संकटग्रस्त क्षेत्र घोषणा

बुधवार, श्रावण ७ २०८२१२:५४
बुधवार, श्रावण ७ २०८२१२:५४
  • images

    काठमाडौं । सरकारको आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले मधेश प्रदेशका विभिन्न ८ जिल्लालाई तीन महिनाका लागि विपत् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ।

    खानेपानी मन्त्री प्रदीप यादवका अनुसार पछिल्लो समय मधेश प्रदेशमा परेको लगातार अनावृष्टिका कारण जमिन सुक्खा भई सिँचाइ प्रणालीमा गम्भीर असर परेको छ। भूमिगत पानीको मुहानसमेत सुक्न थालेपछि सर्वसाधारणले उपभोग गर्ने खानेपानीको समेत चरम अभाव उत्पन्न भएको जनाइएको छ।

    यिनै कारणले गर्दा सरकारले आपतकालीन अवस्थाको रूपमा मधेश प्रदेशका ती जिल्लाहरूलाई तीन महिनाका लागि विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो।

    सरकारले यस निर्णयसँगै सम्बन्धित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापना कार्यक्रम प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

    प्रभावित जिल्लाहरूको नाम तथा विस्तृत कार्ययोजना आगामी दिनमा सार्वजनिक गरिने मन्त्रालय स्रोतले जनाएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend