२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • उषाको टिप्पणी- निर्णय र निर्णयमा पुग्न...

उषाको टिप्पणी- निर्णय र निर्णयमा पुग्न गरिएका तिकडमबाट अचम्मित छैन

उषाको टिप्पणी- निर्णय र निर्णयमा पुग्न गरिएका तिकडमबाट अचम्मित छैन

बुधवार, श्रावण ७ २०८२०५:०७
बुधवार, श्रावण ७ २०८२०५:०७
  • images

    काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको राजनीतिमा आउन रोक लगाएको छ । 

    मंगलबार मध्यराति सकिएको केन्द्रीय कमिटीको बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीको राजनीतिमा आउन रोक लगाउने निर्णय गरेको हो । उक्त निर्णयपछि मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष तथा पूर्वराष्ट्रपति भण्डारीकी छोरी उषा किरणले राजनीतिमा आउन रोक लगाउने निर्णयबाट आफू अचम्मित नभएको टिप्पणी गरेकी छिन् । 

    बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उषाले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन रोक लगाउने गरी गरिएको निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट आफू अचम्मित नभएको टिप्पणी गरेकी हुन् । 'तपाईंहरूमध्ये कति जना यो निर्णयबाट छक्क पर्नुभएको देखेर म छक्क परेँ । तपाईंहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छ ? निर्णय र निर्णयमा पुग्न गरिएका तिकडम दुवैबाट मचाहिँ  अचम्मित छैन,' उनले भनेकी छिन्, 'म खुसी छु कि यो खुला रूपमा बाहिर आयो ।' 

    अध्यक्ष उषाले आफूहरूलाई आमाले राजनीति गर्न मन छैन भने पनि सधैँ देखिने गरी पार्टीको समर्थनमा उभिन भनेको स्मरण गरेकी छिन् । 'हामीलाई त आमाले राजनीति गर्न मन छैन भने पनि सधैँ देखिने गरी पार्टीको समर्थनमा उभिनु, नैतिक समर्थन गर्नु , टाढा नजानु भन्नुहुन्छ र सोही अनुरुप कोसिस गरियो । तर, विगतको एक महिनादेखि मलाई ज्ञान भयो नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पनि पुर्‍याउनेरहेछन् । र, नैतिक समर्थन खोज्दैनन् पनि । यो ज्ञानको बोझ आज यहाँ बिसाउने मौका यो प्रकरणले दियो- त्यस कारण यो प्रकरणलाई धन्यवाद !,' उनले भनेकी छिन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend