२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • लमजुङ चितीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा...

लमजुङ चितीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ८०५ जनाले  लिए सेवा

लमजुङ चितीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ८०५ जनाले  लिए सेवा

बिहिवार, श्रावण ८ २०८२०५:३३
बिहिवार, श्रावण ८ २०८२०५:३३
  • images

    काठमाडौं । लमजुङ बेसिशहर नगरपालिका–११ स्थित चिती तिलाहारमा साउन ६ र ७ गते सञ्चालन गरिएको दुई दिने निःशुल्क स्वास्थ्य शिविरबाट ८०५ जनाले सेवा लिएका छन् । 

    चितीथला स्वास्थ्य चौकीको परिसरमा सञ्चालित शिविरमा ५८४ जना महिला र २२१ जना पुरुषले स्वास्थ्य सेवा पाएका हुन्।  स्थानीय नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा निःशुल्क रूपमा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो । 

    शिविरमा काठमाडौंस्थित ग्रीन सिटी अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेको थियो। मुटुरोग विशेषज्ञ डा.शोभा कार्कीको नेतृत्वमा मुटु, मधुमेह, रक्तचाप, स्त्रीरोग, जनरल मेडिसिन लगायतका परीक्षण तथा परामर्श सेवा दिइएको थियो । 

    शिविरमा मुटुको इकोकार्डियोग्राफी, ईसीजी, भिडियो एक्स–रे, पाठेघरको मुखको क्यान्सर पहिचान, पाठेघरमा रिङ पेशरी राख्ने जस्ता सेवा पनि निःशुल्क प्रदान गरिएको थियो । साथै, सहभागीलाई आवश्यक औषधिहरू निःशुल्क वितरण गरिएको थियो।

    स्वास्थ्य शिविर मुटु फाउन्डेसन नेपाल, ग्रीन सिटी अस्पताल, मनोज एसोसिएसन फ्रान्स, र नमस्ते ग्रेनोबल फ्रान्सको संयुक्त पहलमा सम्पन्न भएको हो।

    शिविरमा सेवा प्रदान गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमा डा. शोभा कार्की (कार्डियोलोजिस्ट), डा. शोभा महार्जन (स्त्रीरोग विशेषज्ञ), डा. मोतीकुमार श्रेष्ठ (सोनोलोजिस्ट), डा. प्रभेश गौतम र डा. सार्थक पौडेल (जनरल फिजिसियन), नर्स मनिषा पोखरेल र अञ्जिता नेपाली, प्यारामेडिक दिलीप कुँवर र सुरज खड्का, फार्मासिस्ट लालमणि आचार्य र समल नकर्कोटी रहेका थिए।

    शिविर सफल बनाउन फ्रेन्च स्वयंसेवीहरू माए बेगुइन, थिओ पेलेन, जेड लेप्लुस, क्लेमेंट कोभ्टियर, मेलिन लुटिन, र एलेना जुड को समेत सक्रिय सहभागिता रहेको थियो । 

    शिविरको समन्वय मनोज गुरुङले गरेका थिए भने मुटु फाउन्डेसन नेपालका अध्यक्ष धनबहादुर गुरुङले नेतृत्व प्रदान गरेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend