२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • कुलिङ पिरियडबारे संसदीय छानबिन समितिको म्याद...

कुलिङ पिरियडबारे संसदीय छानबिन समितिको म्याद ७ दिन थपिँदै

कुलिङ पिरियडबारे संसदीय छानबिन समितिको म्याद ७ दिन थपिँदै

शुक्रवार, श्रावण ९ २०८२०२:५६
शुक्रवार, श्रावण ९ २०८२०२:५६
  • images

    काठमाडौं । कुलिङ अफ पिरियडको प्रावधानका सम्बन्धमा गडबडी भएको भन्ने सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको म्याद ७ दिन थपिने भएको छ । म्याद थप सम्बन्धी प्रस्ताव आजको प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गरिँदैछ । सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटी भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको कार्यावधि थप सम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

    जसमा समितिको म्याद ७ दिनको प्रस्ताजव राख्न लागिएको हो । सभाले स्वीकृत प्रदान गरेको खण्डमा समितिको म्याद थपिनेछ । गत असार २३ गते प्रतिनिधि सभाले निजामती सेवा विधेयकमा व्यवस्था भएको कुलिङ पिरियडबारे हेरफेरका सन्दर्भलाई लिएर संसदीय छानबिन समिति गठन गरेको थियो ।

    समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई–दुई जना सदस्य र माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक–एक जना रहेका छन् । समितिमा नेपाली कांग्रेसका सांसदहरू जीवन परियार र सुशीला थिङ सदस्य छन् भने नेकपा (एमाले_ बाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य सदस्य छन् ।

    नेकपा माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् । समिति गठन हुँदा सभामुख देवराज घिमिरेको २१ दिनको समय दिएका थिए । उक्त समय यअी साउन ११ गते सकिँदैछ ।

    समय अगावै ७ दिन समय थपेर साउन १९ गतेसम्म पुर्‍याउन लागिएको हो । साउन १९ गते समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश गर्ने गरी म्याद थप्न लागिएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend