२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • विद्याको पक्षमा खुलेपछि युवा संघ लुम्बिनी...

विद्याको पक्षमा खुलेपछि युवा संघ लुम्बिनी प्रदेशका अध्यक्ष खरेल पदमुक्त

विद्याको पक्षमा खुलेपछि युवा संघ लुम्बिनी प्रदेशका अध्यक्ष खरेल पदमुक्त

शनिवार, श्रावण १० २०८२१०:०१
शनिवार, श्रावण १० २०८२१०:०१
  • images

    काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेपछि युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल निलम्बनमा परेका छन् । युवा संघले खरेललाई एक वर्षका लागि निलम्बन गरेको हो ।

    साउन ९ गते बसेको पदाधिकारी बैठकले खरेललाई निलम्बन गर्ने निर्णय गरेको हो । सुरजले पार्टी अध्यक्ष केपी शर्मा ओलीले अब मार्ग प्रशस्त गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमा लेखका थिए ।

    रुपन्देहीको देवदहका खरेललाई राष्ट्रिय युवा संघ नेपालको विधान २०४७ ९दशौं राष्ट्रिय महाधिवेशन, २०८२ जेठ ९–११, पोखरा, कास्कीद्वारा संशोधित विधानको धारा ४१ तथा धारा ४२ ९क० र ९ख० बमोजिम संगठनका सम्पूर्ण जिम्मेवारीहरूबाट पदमुक्त गर्दै, एक वर्षका लागि संगठनबाट निलम्बन गर्ने निर्णय गरिएको महासचिव रमेश चौलागाईले जारी गरेको पत्रमा उल्लेख छ ।

    संघको पोखरामा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनका सन्दर्भमा स्पष्टीकरण सोधिएकोमा खरेलले गैरजिम्मेवार र अराजक जवाफ पठाएको, केन्द्रको निर्देशन अवज्ञा गर्दै प्रदेश कमिटीको सचिवालय बैठक राखेको र स्वेच्छाचारी तथा मनोमानी गतिविधि गरेको आरोप लगाइएको छ । सुरज देवदह नगरपालिकाका प्रमुख ९मेयर० ध्रुव खरेलका छोरासमेत हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend