२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • खोटाङको दिक्तेल रूपाकोट मझुवागढीका मेयरले काठमाडौँमा...

खोटाङको दिक्तेल रूपाकोट मझुवागढीका मेयरले काठमाडौँमा सुरु गरे सत्याग्रह, यस्तो छ माग

खोटाङको दिक्तेल रूपाकोट मझुवागढीका मेयरले काठमाडौँमा सुरु गरे सत्याग्रह, यस्तो छ माग

आइतवार, श्रावण ११ २०८२१०:४६
आइतवार, श्रावण ११ २०८२१०:४६
  • images

    काठमाडौँ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले काठमाडौंको माइतीघरमा सत्याग्रह सुरु गरेका छन् । 

    बाँसलगायत स्थानीय उत्पादनको प्रवर्द्धन गर्नुपर्ने माग राख्दै बाँस तथा बाँसबाट निर्मित सामग्रीसहित आइतबार बिहान करिब ९ बजेदेखि उनी सत्याग्रहमा बसेका हुन् । 

    गत जेठ २३ गते र असार ६ गते बाँस लगायत स्थानीय उत्पादको प्रवर्द्धन गर्नुपर्ने लगायतका विभिन्न सात सूत्रीय माग प्रधानमन्त्रीसमक्ष पठाएको तर कार्यान्वयन गर्न सरकार उदासीन बनेको भन्दै सत्याग्रहमा बसेको भट्टराईले बताएका छन् । बाँस तथा बाँसबाट निर्मित सामग्रीसहित सिंहदरबार परिक्रमा गर्न खोज्दा प्रहरीले रोकेको भट्टराईका सचिवालय सदस्य चिरन्जीवी खतिवडाले बताए ।

    आइतबार बेलुकी ५ बजेसम्म सत्याग्रह बस्ने भट्टराईको भनाइ छ । तीन दिन सत्याग्रह बस्दा पनि माग पूरा नभए आमरण अनसन बस्ने भट्टराईले चेतावनी दिए । उनी बाँससहित बाँसको मान्द्रो, गुन्द्री, राडी, पराललगायत सामान बोकेर साउन ४ गते काठमाडौं गएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend