२०८३, आश्विन २३ गते

images
  • कर्पोरेट
  • साताको पहिलो दिन घट्यो सुनचाँदी दुबैको...

साताको पहिलो दिन घट्यो सुनचाँदी दुबैको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको पहिलो दिन घट्यो सुनचाँदी दुबैको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आइतवार, श्रावण ११ २०८२१०:५३
आइतवार, श्रावण ११ २०८२१०:५३
  • images

    काठमाडौँ । साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ६००  रुपैयाँमा कारोबार भइरहेको छ ।  

    गत शुक्रबार भने छापावाल सुनको मूल्य तोलामा १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको थियो । पछिल्ला केही दिनदेखि सुनको मूल्य निरन्तर घटेको छ ।

    यस दिन चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेर प्रतितोला  दुई हजार २९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला दुई हजार ३४० रुपैयाँ कारोबार भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend