२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • कुलिङ पिरियड प्रकरणः तीन दलका प्रमुखसँग...

कुलिङ पिरियड प्रकरणः तीन दलका प्रमुखसँग छलफल गर्दै संसदीय विशेष छानबिन समिति

कुलिङ पिरियड प्रकरणः तीन दलका प्रमुखसँग छलफल गर्दै संसदीय विशेष छानबिन समिति

आइतवार, श्रावण ११ २०८२१२:४४
आइतवार, श्रावण ११ २०८२१२:४४
  • images

    काठमाडौँ । कुलिङ अफ पिरियडबारे संसदीय विशेष छानबिन समितिले तीन नलका प्मुखसँग छलफल गर्ने भएको छ । 

    समितिले प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्ने भएको हो । तीन जना नेतासँग भेटेर सोध्ने गरी दुई प्रश्न तयार गरिएको छ ।

    कुलिङ अफ पिरियडमा तपाईंको धारणा के छ र यो समितिलाई के सुझाव दिन चाहनुहुन्छ भन्ने २ प्रश्न तयार बनाईएको जनाईएको छ । उक्त प्रश्नमा तीन दलका प्रमुखले राखेको जवाफ प्रतिवेदनमा समावेश हुनेछ । 

    गत  असार २३ गते प्रतिनिधि सभाले निजामती सेवा विधेयकमा व्यवस्था भएको कुलिङ पिरियडबारे हेरफेरका सन्दर्भलाई लिएर संसदीय छानबिन समिति गठन गरेको थियो ।  समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई–दुई जना सदस्य र माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक–एक जना रहेका छन् ।

    समितिमा नेपाली कांग्रेसका सांसदहरू जीवन परियार र सुशीला थिङ सदस्य छन् भने नेकपा (एमाले) बाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य सदस्य छन् । नेकपा माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।

    समिति गठन हुँदा सभामुख देवराज घिमिरेको २१ दिनको समय दिएका थिए । उक्त समय अपुग भएको बताएपछि गत शुक्रबार सात दिनको समय थप दिइएको छ । अब यही साउन १९ गतेसम्म छानबिन समितिले समय पाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend