२०८३, आश्विन २३ गते

images

रञ्जिताले बास्तोलालाई सुम्पिइन् कार्यवाहक अध्यक्षको जिम्मेवारी

रञ्जिताले बास्तोलालाई सुम्पिइन् कार्यवाहक अध्यक्षको जिम्मेवारी

आइतवार, श्रावण ११ २०८२०५:१९
आइतवार, श्रावण ११ २०८२०५:१९
  • images

    काठमाडौं ।  नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरा निवासी शिव बास्तोलालाई दिएकी छन्।


    भ्रष्टाचारसम्बन्धी विवादस्पद अडियो प्रकरणमा मुछिएपछि रेशम चौधरीले पक्षले उनलाई जिम्मेवारीबाट हट्न दबाब दिँदै आएको थियो। शुक्रबारमात्रै अध्यक्ष श्रेष्ठलाई केन्द्रीय समितिको बैठक बोलाउन २४ घन्टे अल्टिमेटम दिइएको थियो।

    अध्यक्ष श्रेष्ठले भने स्वास्थ्यको कारण देखाउँदै हालः पार्टीमा पूर्णरूपमा सक्रिय हुन नसकेको उल्लेख गरेकी छन्।

    'मेरो स्वास्थ्य अवस्था विगत केही दिनदेखि असहज रहेको र मेरो हालको अस्वस्थताको कारण पार्टीको गतिविधिहरूमा पूर्णरूपमा सक्रिय हुन असमर्थ रहेको व्यहोरा अवगत गराउन चाहन्छु। मेरो स्वास्थ्य अवस्थाका कारण पार्टीको दैनिक कार्य सञ्चालन र महत्वपूर्ण निर्णय प्रक्रियामा मेरो भौतिक उपस्थिति सम्भव नदेखिएकाले पार्टीको कार्यप्रवाहमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले यो निर्णय गरिएको छ,' अध्यक्ष श्रेष्ठले पत्रमा उल्लेख गरेकी छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend