२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • पाँच संसदिय समितिको बैठक बस्दै, यस्तो...

पाँच संसदिय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

पाँच संसदिय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

सोमवार, श्रावण १२ २०८२०८:२७
सोमवार, श्रावण १२ २०८२०८:२७
  • images

    काठमाडौँ । आज संघीय संसदअन्तर्गत विभिन्न पाँचवटा समितिका बैठक बस्दैछ । सोमबार कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

    दिउँको १ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मानव अधिकार सम्बन्धी छैटौं राष्ट्रिय कार्ययोजना (आव २०८२/८३ २०८६/८७) को मस्यौदामाथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल सम्बन्धमा गरिने कार्यसूची छ ।

    बिहान १० बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ताहरुसँग छलफल गरिनेछ ।

    यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० का सम्बन्धमा सरोकारवालाहरुसँग अन्तरक्रिया गरिने कार्यसूची रहेको छ । सार्वजनिक लेखा समितिको ४७ औं बैठक बिहान ११ बजे बस्दैछ छ भने बैठकमा अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा नेपाल सरकारका सबै सचिवहरुसँग छलफल गरिनेछ ।

    बिहान ११ः३० बजे बस्ने विधायन व्यवस्थापन समितिको ९९ औं बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गरिनेछ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend