२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • न्याय सेवाका सचिवसहित १७० जना कर्मचारीको...

न्याय सेवाका सचिवसहित १७० जना कर्मचारीको एकै पटक सरुवा

न्याय सेवाका सचिवसहित १७० जना कर्मचारीको एकै पटक सरुवा

सोमवार, श्रावण १२ २०८२०१:२९
सोमवार, श्रावण १२ २०८२०१:२९
  • images

    काठमाडौं । न्याय सेवा आयोगको सोमबार बिहान बसेको बैठकले न्याय सेवातर्फका ४ जना सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। प्रमुख न्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो।

    बैठकले सर्वोच्च अदालतका सह–रजिष्ट्रार मानबहादुर कार्कीलाई रजिष्ट्रारमा बढुवा गर्ने सिफारिस गरेको छ। त्यस्तै, महान्यायाधिवक्ताको कार्यालयका सह–न्यायाधिवक्ता सूर्यराज दाहाललाई सचिवमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा सचिवका रूपमा पदस्थापन गरिएको छ।

    सत्य निरूपण तथा मेलमिलाप आयोगकी कार्यवाहक सचिव निर्मला अधिकारीलाई पनि सचिवमा बढुवा गर्दै सोही आयोगमै पदस्थापन गरिएको छ। यस्तै, निर्वाचन आयोगकी सहसचिव निर्मला दाहाललाई सचिवमा बढुवा गरी नेपाल कानून आयोगमा सचिवका रूपमा नियुक्त गरिएको छ।

    अन्य निर्णयहरू:

    बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव खेमराज ज्ञवालीलाई नायव महान्यायाधिवक्ताको जिम्मेवारीसहित महान्यायाधिवक्ताको कार्यालयमा सरुवा गर्ने निर्णय पनि गरेको छ।

    त्यस्तै, न्याय सेवा आयोगको बैठकले न्याय सेवाका ८४ जना उपसचिव, कानून समूहका ३ जना उपसचिव, न्याय सेवाका ६३ जना शाखा अधिकृत, र कानून समूहका १९ जना अधिकृतको सरुवा गर्ने निर्णयसमेत गरेको छ।

    यी सबै निर्णय न्याय सेवा व्यवस्थापनलाई प्रभावकारी र परिस्कृत बनाउने उद्देश्यले गरिएको परिपत्रमा उल्लेख छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend