२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता,...

सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता, हेर्नुहोस् भिडियो

सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता, हेर्नुहोस् भिडियो

सोमवार, श्रावण १२ २०८२०२:३६
सोमवार, श्रावण १२ २०८२०२:३६
  • images

    सिन्धुली । सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–६ मा एकै परिवारका १६ जना सदस्य अचानक बेपत्ता भएपछि प्रहरीले व्यापक खोजतलास सुरु गरेको छ।

    छेत्पा नजिकैको भण्डास विप्पर कटेरीमा बसोबास गर्दै आएकी उर्मिला हायुको परिवार सोमबार बिहानदेखि सम्पर्कविहीन भएको सूचना स्थानीयले जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई दिएका थिए।

    सूचना प्राप्त भएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान थालेको हो। जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार, हायुको घरमा सामान्य क्षति देखिएको छ भने पालेका कुखुरा, बाख्रा र भैंसीहरू अलपत्र अवस्थामा भेटिएका छन्।
    “घरमा कुनै सदस्य फेला परेका छैनन्, तर पशुचौपाया छाडिएको अवस्थामा छन्,” उनले बताए।

    हाल प्रहरी टोलीले स्थानीय जनप्रतिनिधि र गाउँलेहरूसँग समन्वय गरी परिवारको अवस्थाबारे बुझ्ने काम गरिरहेको छ। यद्यपि उनीहरू कहाँ र किन हराए भन्नेबारे कुनै स्पष्ट जानकारी हालसम्म प्राप्त भएको छैन।

    घटनाले गाउँमा त्रास फैलिएको छ भने परिवारको खोजीमा प्रहरीको प्रयास जारी रहेको जनाएको छ।
    प्रहरीले बेपत्ता परिवारबारे सूचना हुने व्यक्तिहरूलाई सहयोग गर्न पनि आग्रह गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend