२०८३, आश्विन २३ गते

images

६ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

६ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

मंगलवार, श्रावण १३ २०८२११:०४
मंगलवार, श्रावण १३ २०८२११:०४
  • images

    काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार मंगलबार सुन तोलामा ६ सय रुपैयाँले घटेको  हो । 

    महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुन एक लाख ९३ हजार ६ सय रुपौयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी दुई हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार चाँदी २ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो । 

    आज दश ग्राम सुनको मूल्य एक लाख ६५ हजार ४६५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार ९ सय ७२ रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend