२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • सुदूरपश्चिमका दुई मन्त्री चढेको गाडी आपसमा...

सुदूरपश्चिमका दुई मन्त्री चढेको गाडी आपसमा ठोक्कियो

सुदूरपश्चिमका दुई मन्त्री चढेको गाडी आपसमा ठोक्कियो

मंगलवार, श्रावण १३ २०८२०२:३३
मंगलवार, श्रावण १३ २०८२०२:३३
  • images

    काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्री चढेको सरकारी गाडी मंगलबार एकापसमा ठोक्किएको छ। कैलालीको चिसापानीमा आयोजित कार्यक्रममा सहभागी हुन जाँदै गर्दा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की सवार गाडी आपसमा ठोक्किएका हुन्।

    घटना दिउँसो करिब १:१५ बजे भएको जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी राजकुमार सिंहले जानकारी दिएका छन्।
    उनका अनुसार मन्त्री सार्की सवार से.१ झ ३३० नम्बरको गाडी र मन्त्री पाल सवार बा.२ झ १४१९ नम्बरको गाडी एकआपसमा ठोक्किँदा दुबै गाडीमा क्षति पुगेको छ। तर, मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

    बा.२ झ १४१९ नम्बरको गाडीको पछाडिको भागमा र से.१ झ ३३० नम्बरको गाडीको अगाडिपट्टिमा क्षति पुगेको बताइएको छ।

    मन्त्रीद्वय प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुने कार्यक्रममा सहभागी हुन चिसापानी जाँदै थिए। कार्यक्रमलाई लिएर चिसापानी क्षेत्रमा सुरक्षा सतर्कता र ट्राफिक चाप पनि बढेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend