काठमाडौँ । केही दिनदेखि निरन्तर घट्दै आएको सुनको मूल्य बुधबार भने ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको हो ।
महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन एक लाख ९३ हजार रुपौयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी दुई हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार चाँदी २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज दश ग्राम सुनको मूल्य एक लाख ६६ हजार ६६५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार ९ सय ८० रुपैयाँ ५० पैसा रहेको छ ।

