२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा आगलागी, मुख्य...

गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा आगलागी, मुख्य भवन जलेर नष्ट(भिडियोसहित)

गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा आगलागी, मुख्य भवन जलेर नष्ट(भिडियोसहित)

बुधवार, श्रावण १४ २०८२१२:५२
बुधवार, श्रावण १४ २०८२१२:५२
  • images

    काठमाडौं । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–११ मा अवस्थित बगैंचा एडभेन्चर रिसोर्टमा आज बिहान भीषण आगलागी भएको छ। पाँच सय जनासम्म अट्ने रिसोर्टको मुख्य हल तथा रिसेप्सन क्षेत्रमा लागेको आगोका कारण मुख्य भवन पूर्ण रूपमा जलेर नष्ट भएको हो।

    काठको संरचना भएका कारण आगो तीव्र गतिमा फैलिएको थियो। प्रारम्भिक अनुमानअनुसार विद्युत सर्ट भएर आगलागी भएको आशंका गरिएको छ। आगलागी नियन्त्रणका लागि कावासोती नगरपालिका र भरतपुर महानगरबाट खटिएका दमकल, सुरक्षाकर्मी र स्थानीयवासीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा ल्याइएको हो।

    रिसोर्टका सञ्चालक सन्तोष धितालले ‘र्‍याम्ड अर्थ’ प्रविधि प्रयोग गरी नौ वर्ष लगाएर निर्माण गरेको सो रिसोर्ट डेढ वर्षअघि मात्र सञ्चालनमा आएको थियो। विदेशी अनुभव बोकेर फर्किएका धितालले टायल वा मार्बल प्रयोग नगरी काठकै भिल्ला, काइट हाउस, कार्ट हाउस जस्ता संरचनाले सजिएको रिसोर्ट निर्माण गरेका थिए।

    हालसम्म आगलागीबाट भएको क्षतिको एकीन विवरण संकलन कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आगलागीबाट मानवीय क्षति भने नभएको प्रारम्भिक जानकारी आएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend