२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • मधेश प्रदेशका पूर्व प्रमुख राजेश अहिराज...

मधेश प्रदेशका पूर्व प्रमुख राजेश अहिराज पुर्पक्षका लागि थुनामा

मधेश प्रदेशका पूर्व प्रमुख राजेश अहिराज पुर्पक्षका लागि थुनामा

बुधवार, श्रावण १४ २०८२०५:५४
बुधवार, श्रावण १४ २०८२०५:५४
  • images

    काठमाडौं । मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराजलाई जबरजस्ती करणीको आरोपमा पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

    काठमाडौं जिल्ला अदालतमा न्यायाधीश पिताम्बर शर्माको इजलासमा थुनछेक बहसपछि उनलाई थुनामा राख्ने आदेश दिइएको हो। अहिराजविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको थियो।

    प्रहरी स्रोतका अनुसार, पीडितको जाहेरीका आधारमा पक्राउ परेका अहिराजमाथि कानुनी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। अदालतको आदेशपछि उनलाई आवश्यक कानुनी कारबाहीका लागि कारागार चलान गरिएको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend