काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिवर्तन गर्ने तयारी गरेका छन् । त्यसका लागि प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूको बैठक हुँदैछ ।
आजको बैठकमा सरकारमा सहभागी मन्त्री हेरफेरको कुरा रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबिच मन्त्रिमण्डल पुनःगठन गर्ने विषयमा छलफल सुरु भएको छ । सरकार बनेको १ वर्ष पुरा भएसँगै पुराना मन्त्रीहरुलाई फेरर नयाँ मन्त्री ल्याउने तयारी भएको हो ।
पुरानो मन्त्रिमण्डलका प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवा यथास्थितिमा रहनेछन् ।
यस्तै, केहि महिनाअघि मात्रै जिम्मेवारी पाएका शिक्षामन्त्री रघुजी पन्त, संघिय मामिला मन्त्री भगवति न्यौपानेको जिम्मेवारी नफेरिने स्रोतको दाबी छ ।
काँग्रेस सभापति देउवामाथी अहिलेको सरकार ढालेर नयाँ बन्ने सरकारको नेतृत्व लिनमा लागि चर्को दबाब थियो । तर देउवाले सो प्रस्ताव स्वीकार गरेका छैनन् । देउवाले नयाँ सरकारको नेतृत्व लिन अस्वीकार गरेपछि प्रधानमन्त्री ओलीले भारत भ्रमणमा जाने मिति तय गरिसकेका छन् ।
देउवाको नेतृत्वमा सरकार गठन गर्नका लागि नेकपा माओवादी, एकिकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले सहमत बनेका थिए । यी तीन दलले देउवामाथी पटक–पटक समय दिएर निर्णय गर्न दबाब समेत दिएका थिए । तर देउवा सहमत भएनन् ।
नेपाली काँग्रेस र नेकपा एमालेका सहमति अनुसार अब १ वर्ष केपी ओली प्रधमनमन्त्री बन्नेछन् । यसपछि काँग्रेस सभापति देउवा प्रधानमन्त्री बन्ने सहमति छ ।
नयाँ मन्त्रीहरुको नाम केहि हप्ताभित्रै टुङगिने स्रोतको दाबी छ । जसले तत्काल सत्ताको संकट पनि टार्ने दुबै नेताको विस्वास छ ।
प्रधामन्त्री ओलीले गृह मन्त्रालय लिएर अर्थ मन्त्रालय काँग्रेसलाई दिन खोजेको स्रोतको दाबी छ ।
नेकपा माओवादीका उप महासचिव वर्षमान पुनले केहि दिन अघि प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्री आरजु राणालाई पक्राउ गर्ने योजना बनाएको सार्वजनिक गरेका थिए । उनले देउवा पत्नी र छोरा जयविर देउवालाई पक्राउ गर्नेसम्मको राजनितिक योजना बनाएको दाबी गरेका छन् ।
प्रधानमन्त्री ओलीले काँग्रेसलाई माओवादीसँग मिलेर सरकार बनाउन कनैपनि हालतमा नदिने रणनितिमा छन् । यसकार लागि समय भन्दा अघिनै देउवालाई प्रधानमन्त्री छाड्न ओली सहमत भैसकेका छन् ।

