काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार शुक्रबार सुन तोलामा ५०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
यता, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला दुई हजार २३५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

