२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • ३ मन्त्री पाउनेभएपछि राजीनामा दिदैँ मुख्यमन्त्री...

३ मन्त्री पाउनेभएपछि राजीनामा दिदैँ मुख्यमन्त्री लामा, इन्द्रबहादुर बानियाले चलाउनेछन् सरकार

३ मन्त्री पाउनेभएपछि राजीनामा दिदैँ मुख्यमन्त्री लामा, इन्द्रबहादुर बानियाले चलाउनेछन् सरकार

आइतवार, श्रावण १८ २०८२०७:१३
आइतवार, श्रावण १८ २०८२०७:१३
  • images

    काठमाडौँ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार राजीनामा दिने भएका छन् । 

    संसदीय दलको नेतामा पराजित भएपनि राजीनामा नदिने अडानमा रहेका उनले आइतबार राजीनामा दिने तयारी गरेको पाइएको छ । आफ्नो पक्षमा उभिएका र अन्तिम समयमा आफैले नियुक्त गरेका ३ जना मन्त्रीलाई निरन्तरता पाउने आश्वासनपछि लामाले राजीनामा दिन लागेको पाइएको हो । 

    पार्टी सभापति शेरबहादुर देउवासँगको छलफलमा लामाले आन्तरिक विवादका क्रममा आफूलाई संसदीय दलको नेताका लागि साथ दिने तीन सांसद गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई अब बन्ने इन्द्र बानियाँ नेतृत्वको मन्त्रिपरिषद्मा मन्त्री नियुक्त गर्ने ‘पक्का’ गरेका हुन् । 

    पार्टीले लामालाई हटाएर बानियाँलाई मुख्यमन्त्री बनाउन खोजेपछि विवाद चुलिएको थियो । विवादबिच संसदीय दलको नेताका लागि बानियाँ र लामा दुवैले उम्मेदवारी दिएका थिए । तर, लामा पराजित भए पनि संविधानको धारा १६८ (२) अनुसार कुनै दलको स्पष्ट बहुमत नभएको अवस्थामा मुख्यमन्त्री बन्न संसदीय दलको नेता हुनैपर्ने बाध्यकारी व्यवस्था नभएको भन्दै राजीनामा दिन इन्कार गर्दै आएका थिए । बरु, दलको नेताको निर्वाचनमा खुलेर आफूलाई साथ दिएका लम्साललाई आन्तरिक मामिला तथा कानुन, गुरुङलाई सहकारी तथा गरिबी निवारण र श्रेष्ठलाई युवा तथा खेलकुदमन्त्री नियुक्त गरेका थिए । यद्यपि सपथ हुन सकेको छैन । 

    बिहीबार सभापति देउवासँग भेटेका लामाले आफूले मार्गप्रशस्त गर्ने, तर आफूले नियुक्त गरेका र शपथग्रहण नभएका तीनजनालाई सेटल गर्नुपर्ने सर्त राखेका थिए । त्यसपछि देउवाले शनिबार संसदीय दलका नेता बानियाँलाई पनि बुढानीलकण्ठ बोलाएर लामाको सर्त पूरा गर्न निर्देशन दिएका थिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend