२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • निर्मला हत्या प्रकरणको नयाँ शिराबाट अनुसन्धान...

निर्मला हत्या प्रकरणको नयाँ शिराबाट अनुसन्धान गर्न सीआईबीलाई गृहमन्त्रीको निर्देशन

निर्मला हत्या प्रकरणको नयाँ शिराबाट अनुसन्धान गर्न सीआईबीलाई गृहमन्त्रीको निर्देशन

आइतवार, श्रावण १८ २०८२०४:३८
आइतवार, श्रावण १८ २०८२०४:३८
  • images

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणको नयाँ शिराबाट गम्भीर अनुसन्धान थाल्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई निर्देशन दिएका थिए।

    आइतबार सीआईबीको कार्यालय निरीक्षणका क्रममा मन्त्री लेखकले सुक्ष्म रुपमा निर्मला पन्त प्रकरण अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन्। उनले निर्मला प्रकरणको अनुसन्धानमा कुनैकसर बाँकी नराख्न सीआईबीलाई निर्देशन दिएका हुन्।

    'निर्मला पन्तलगायत ब्युरोले अनुसन्धान गरिरहेको सबै जटिल घटनाको अनुसन्धानमा तीव्रता दिन आग्रह गर्छु ,'गृहमन्त्री लेखकले भने,'नेपाल प्रहरीभित्र पनि सीआईबीप्रति आमजनताको भरोसा बढेको छ, यसलाई अटल राखेर काम गर्नुपर्छ ।'

    सिमित स्रोत साधनका बिच प्रहरीमा सीआइबीले कार्यसम्पादनमा सफलता हासिल गर्दै गएकोप्रति खुसी व्यक्त गर्दै मन्त्री लेखकले सीआईबीलाई साधनस्रोत सम्पन्न बनाउन मन्त्रालय गम्भीर रहेको बताए। मुलुकमा पछिल्लो समय वित्तिय अपराध बढेकाले आफूले वित्तिय अपराध नियन्त्रणका लागि अपराध अनुसन्धान महाशाखा गठन गरेको जानकारी दिए।

    'प्रहरीप्रतिको भरोसा बढेर गएकै कारण देशभरबाट प्रहरी चौकी माग हुँदै आएको छ,'उनले भने,'प्रहरीलाई सुविधा सम्पन्न बनाउन विगतको भन्दा चालु आर्थिक वर्षमा तुलनात्मक रुपमा बजेट बढी बिनियोजन गरिएको छ ।'

    प्रहरीभित्र सीआईबीको महत्वपूर्ण जिम्मेवारी रहेको भन्दै उनले जिम्मेवारी पूरा गर्न प्रविधि,जनशक्तिलगायतका विकास गरिनेमा जोड दिए। सो क्रममा सीआईबीका बरिष्ठ प्रहरी उपरीक्षक होविन्द्र बोगटीले सीआईबीले गरिरहेको काम, कारबाही, पाइरहेको सफलता र कार्यसम्पादनमा रहेका चुनौतीलगायतका विषयमा प्रस्तुति राखेका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend