२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • बागमतीका मेयर थापा भ्रष्टाचार र अकुत...

बागमतीका मेयर थापा भ्रष्टाचार र अकुत सम्पत्ति आर्जनमा दोषी ठहर, उपमेयरले पाइन सफाइ

बागमतीका मेयर थापा भ्रष्टाचार र अकुत सम्पत्ति आर्जनमा दोषी ठहर, उपमेयरले पाइन सफाइ

बिहिवार, श्रावण २२ २०८२१०:३९
बिहिवार, श्रावण २२ २०८२१०:३९
  • images

    काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापा भ्रष्टाचार र अकुत सम्पत्ति आर्जनको मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर र सदस्यद्वय मुरारीबाबु श्रेष्ठ तथा विदुर कोइरालाको इजलासले थापालाई दोषी ठहर गरेको हो । 

    विशेष अदालतले नदीजन्य पदार्थ हानिनोक्सानी गरी भ्रष्टाचार गरको मुद्दामा थापासहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, इन्जिनियर सागर पौडेल चौधरीलाई दोषी ठहर गरेको छ ।

    बुधवार अदालतले मेयर थापा, विमल कुमार पोखरेल र सागर पौडेलले भरत ताल निर्माणकोक्रममा भ्रष्टाचार गरेको ठहर गरेको हो। उपमेयर लीलाकुमारी मोक्तानसहित विश्वराज पोखरेल र मेथुर चौधरीले सफाइ पाएका छन्।

    अदालतले भ्रष्टाचार भएको ठहर गरे पनि सजाय भने सुनाएको छैन। 

    मेयर थापा सहित ३ जनाले बागमती नगरपालिकाको मूल्य अभिवृद्धि करसहित बिगो ३० करोड २९ लाख ३४ हजार ८९७ को नदीजन्य पदार्थ हानिनोक्सानी गरेको देखिएको पनि फैसलामा उल्लेख छ । उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको ठहर गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend