२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • रवि लामिछानेलाई कुनै पनि सुविधामा विभेद...

रवि लामिछानेलाई कुनै पनि सुविधामा विभेद गरिएको छैनः प्रशासन

रवि लामिछानेलाई कुनै पनि सुविधामा विभेद गरिएको छैनः प्रशासन

शुक्रवार, श्रावण २३ २०८२१०:५५
शुक्रवार, श्रावण २३ २०८२१०:५५
  • images

    काठमाडौं । सहकारी ठगी मुद्दामा चैत २५ देखि रुपन्देही कारागारमा थुनामा रहेका रास्वपा अध्यक्ष तथा पूर्वगृहमन्त्री रवि लामिछानेबारे मिडियामा आएका विभिन्न समाचारप्रति कारागार प्रशासनले प्रतिक्रिया दिएको छ।

    कारागार प्रशासक सुरेश भण्डारीका अनुसार केही सञ्चारमाध्यमले प्रकाशित गरेका तस्बिर कारागारभित्रका नभएको र समाचारमा वर्णन गरिएजस्तो अवस्था पनि वास्तविकता नजिक नपुग्ने बताएका छन्।


    भण्डारीले जारी गरेको विज्ञ्प्तीमा भनिएको छ “पूर्व उपप्रधानमन्त्री तथा हाल निलम्बनमा रहेका सांसद रवि लामिछाने विगत चार महिनादेखि यस कारागारमा थुनामा छन्। सुरक्षालाई ध्यानमा राखी उहाँलाई छुट्टै कोठामा राखिएको हो। तर, अन्य कैदीबन्दीले पाउने सुविधा उही रूपमा उपलब्ध छ।”

    उनका अनुसार कारागार प्रशासनले समय–समयमा लामिछानेलाई भेटेर आवश्यकताबारे सोधपुछ गर्ने र देखिएका समस्या समाधान गर्ने गरेको छ। भेटघाट तथा सञ्चार सुविधा चाहेको खण्डमा मात्र उपलब्ध गराइने व्यवस्था गरिएको छ।

    जारी विज्ञप्तिमा भण्डारीले मिडियालाई सचेत रहन आग्रह गर्दै भनेका छन्, “कारागार संवेदनशील क्षेत्र भएकाले समाचार प्रकाशन–प्रसारण गर्दा भ्रम सिर्जना हुने चित्र वा सामग्री प्रयोग नगर्नुहोस्। सत्यतथ्य जानकारीका लागि आधिकारिक स्रोतबाट मात्र सूचना लिनुहोस्।”

    rabi-rupandhei-534x768.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend