२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • झलनाथ खनाललाई भेट्न डल्लुपुगे नारायणकाजी श्रेष्ठ,...

झलनाथ खनाललाई भेट्न डल्लुपुगे नारायणकाजी श्रेष्ठ, के भयो कुराकानी ?

झलनाथ खनाललाई भेट्न डल्लुपुगे नारायणकाजी श्रेष्ठ, के भयो कुराकानी ?

आइतवार, श्रावण २५ २०८२०३:०६
आइतवार, श्रावण २५ २०८२०३:०६
  • images

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेकपा एसका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल भेट्न पुगेका छन् । डल्लुस्थित खनाल निवासमा अहिले दुई नेताबीच भेट भइरहेको छ ।

    दुई नेताबीच नेपालको वर्तमान राजनीतिक परिस्थिति र पार्टी एकताको औचित्य र सम्भावलगायतका विषयमा कुराकानी भएको बताइएको छ ।

    श्रेष्ठले पछिल्लो समय राजनीतिक भेटघाटको दौडधुप बढाएका छन् । यसअघि उनले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई भेटेका थिए । शुक्रबारमात्र नेकपा एसका महासचिव घनश्याम भुसालसँग छलफल गरेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend