२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • भैरहवा कारागारमा मानवअधिकार आयोगलेको स्थलगत निरिक्षणः...

भैरहवा कारागारमा मानवअधिकार आयोगलेको स्थलगत निरिक्षणः समाचारमा आएजस्ताे रवि राखिएको कोठामा एसी छैन

भैरहवा कारागारमा मानवअधिकार आयोगलेको स्थलगत निरिक्षणः समाचारमा आएजस्ताे रवि राखिएको कोठामा एसी छैन

सोमवार, श्रावण २६ २०८२०१:२९
सोमवार, श्रावण २६ २०८२०१:२९
  • images

    काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले रवि लामिछानेलाई राखिएको भैरहवा कारागारमा सुविधाको अभाव रहेको पाइएको बताएको छ ।

    सोमबार बिहान लामिछानेलाई राखिएको ब्लकसहित कारागारको अनुगमन गर्दै आयोगको टोलीले सुविधाहरुको अभाव रहेको बताएको हो ।

    लामिछानेलाई राखिएको ब्लकमा हावा पनि राम्ररी पास हुने अवस्था नरहेको आयोगकी प्रवक्ता लिली थापाले बताइन् । उनको कोठाको झ्यालहरू पनि सुरक्षाको कारण देखाउँदै टालिएको पाइएको थापाले जानकारी दिइन् ।

    थापाले भनिन्, ‘उहाँ बस्ने कोठामा पंखा छ । तर झ्यालहरू टालिएको रहेछ । जेल प्रशासनले सुरक्षाका लागि टालिएको भन्नुभयो । हाम्रो आग्रहपछि त्यसलाई खोल्न तयार हुनुभएको छ,’ ।

    बाहिर आएजस्तो लामिछाने बसेको कोठामा कुनै एसी नरहेको पनि उनले बताइन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend