२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • रविलाई थुनामै राख्न जिल्ला अदालत रुपन्देहीको...

रविलाई थुनामै राख्न जिल्ला अदालत रुपन्देहीको आदेश

रविलाई थुनामै राख्न जिल्ला अदालत रुपन्देहीको आदेश

सोमवार, श्रावण २६ २०८२०७:२४
सोमवार, श्रावण २६ २०८२०७:२४
  • images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामै राख्न आदेश जारी भएको छ । सोमबार जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले लामिछानेलाई थुनामै राख्न आदेश जारी गरेको हो ।

    आफू सहकारी ठगीमा संलग्न नभएको जिकिर गर्दै बचतकर्ताको बचत फिर्ताको सुनिश्चित आफूबाटै गर्न चाहेको तर्क गर्दै आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै उनले जिल्ला अदालत रुपन्देहीमा यही साउन १९ गते निवेदन दिएका थिए । बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend