२०८३, आश्विन २१ गते

images

कैदीको मृत्युपछि आफन्तको प्रदर्शन

कैदीको मृत्युपछि आफन्तको प्रदर्शन

मंगलवार, श्रावण २७ २०८२०४:५६
मंगलवार, श्रावण २७ २०८२०४:५६
  • images

    काठमाडौं । पर्सामा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएर २५ वर्ष सजाय तोकिएका २८ वर्षीय कैदी राहुल साहको मृत्यु भएको छ । मृतक कैदी साहका आफन्तहरुले नारायणी उपक्षेत्रीय अस्पताल अगाडि प्रदर्शन गरेका छन् ।

    मंगलबार बिहान अचानक बेहोस भएका कैदी साहको निधन भएको हो । बिहान एक्सरसाइज गर्ने क्रममा वान्ता गर्दै एक्कासी बेहोस भएका प्रहरीको भनाइ छ । उनलाई उपचारका लागि लगिएकोमा अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।

    आफन्तले भने कारागार प्रशासनको लापरबाहीले राहुलको ज्यान गएको आरोप लगाएका छन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दै पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ का सदस्य जगदिश साहले प्रशासनको कमजोरीका कारण घटना भएको बताए । उनले शव आफूहरुले नबुझ्ने बताए । प्रशासनले जानीजानी साहलाई मारेको उनको आरोप छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend