काठमाडौँ । चितवनको खैरहनी नगरपालिकामा रहेको नापी कार्यालयका प्रमुखलाई सेवाग्राहीले कालोमोसो छ्यापेका छन् । कार्यालयका प्रमुख शालिग्राम पौडेललाई सेवाग्राहीका रुपमा आएका दुई युवाले मोसो छ्यापेका हुन् ।
आज दिउँसो सेवाग्राहीका रुपमा कार्यालय प्रमुख पौडेलको छेउमा नै पुगेर उनीहरूले मोसो छ्यापेर भागेको प्रहरीले जनाएको छ ।
चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले भागेका युवाहरूको खोजी कार्य थालिएको बताए ।
एसपी पुरीले किन उनीहरुले कार्यालय प्रमुख पौडेल माथि कालोमोसो छ्यापे भन्ने बारेमा खुल्न नसकेको बताए । घटनाको बारेमा थप बुझ्ने क्रममा रहेको उनको भनाइ छ ।

