काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मङ्गलबार प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा बानियाँले कुल ६३ मत पाए।
प्रदेश सभामा ११० सदस्यमध्ये ९२ सांसद बैठकमा उपस्थित थिए। नेपाली कांग्रेसका ३७ सांसदमध्ये एक रामकृष्ण चित्रकार अमेरिका भ्रमणमा रहँदा पनि लामा समूहका १३ सांसदले समेत विश्वासको मत दिएका छन्। विपक्षीहरूले २२ मत दिए भने ७ सांसद तथास्थ थिए।
विश्वासको मत पाएसँगै मुख्यमन्त्री बानियाँले लामा समूहको प्रस्ताव अनुसार तीन मन्त्री नियुक्त गर्ने सहमति जनाएपछि उक्त समूहले विश्वासको मत दिन तयार भएको थियो। यससँगै बानियाँले बागमती प्रदेशको नेतृत्वमा स्थिरता कायम गर्ने बाटो खोलिएको छ।

