२०८३, आश्विन २३ गते

images

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

बुधवार, श्रावण २८ २०८२१०:५५
बुधवार, श्रावण २८ २०८२१०:५५
  • images

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्। प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन्। 

    हालै भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तुर्कमेनिस्तानमा सम्पन्न तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिएर फर्किएका प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा त्यसबारे जानकारी गराउने र अन्य समसामयिक विषयमा सम्बोधन गर्ने कार्यसूची तय भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

    ओली तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा त्यहाँ पुगेका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend