२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • राप्रपाको युवा भेलामा कुटाकुट, स्थगित भयो...

राप्रपाको युवा भेलामा कुटाकुट, स्थगित भयो अधिवेशन

राप्रपाको युवा भेलामा कुटाकुट, स्थगित भयो अधिवेशन

बुधवार, श्रावण २८ २०८२०२:०४
बुधवार, श्रावण २८ २०८२०२:०४
  • images

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रजातान्त्रिक युवा संगठनको अधिवेशनमा दुई पक्षबीच हात हालाहाल भएको छ । कुटाकुट अध्यक्ष राजेन्द्र लिङदेनकै सामुन्ने भएको हो।

    कार्यक्रम सुरु नहुँदै असन्तुष्ट धवलशम्शेर राणा पक्षका युवा ज्योति लामाले माइकमा गएर आफ्ना धारणा राखिरहेका बेला लिङदेन पुगेका थिए । त्यसपछि लिङदेन पक्षका युवाले उनलाई मञ्चबाट हटाउने क्रममा झडप भएको हो।

    कार्यक्रम स्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ रहे पनि दुवै पक्षबीचको तनावले स्थिति केहीबेर तनावपूर्ण बन्यो। पछि सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए। झडपपछि अधिवेशन स्थगन गरिएको घोषणा अध्यक्ष लिङदेनले गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend