२०८३, आश्विन २३ गते

images

निकिता भन्छिन्,‘श्रीमान्‌माथिको अन्यायविरुद्ध अन्तर्राष्ट्रिय अदालत जान्छु’

निकिता भन्छिन्,‘श्रीमान्‌माथिको अन्यायविरुद्ध अन्तर्राष्ट्रिय अदालत जान्छु’

बुधवार, श्रावण २८ २०८२०२:११
बुधवार, श्रावण २८ २०८२०२:११
  • images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले नेपालको न्यायालयको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाउँदै अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिएकी छिन्।

    बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले “देशको न्यायालयलाई कसरी विश्वास गरौँ?” भन्दै विस्तृत स्टाटस लेखेकी छिन्। उनले आफ्नो श्रीमान्माथि लागेको मुद्दामा अदालतको आदेश सदैव विपरीत आएको र बहसका क्रममा सरकारी पक्ष ‘नाजवाफ’ भए पनि फैसला कहिल्यै आफ्नो पक्षमा नआएको आरोप लगाइन्।

    पौडेलका अनुसार, इजलासमा स्पष्ट रुपमा सरकारी पक्षको कमजोरी देखिए पनि आदेश दिने बेलामा “अनेक अस्वाभाविक गतिविधि” हुने गरेको छ। उनले दिउँसो बहस सकिँदा पनि आदेश आउन रात पर्ने, “कपी–पेस्ट” हुने, पेनड्राइभ आदान–प्रदान हुने, मिडिया ट्रायल चल्ने, अस्वाभाविक व्यक्तिहरूको आवतजावत हुने जस्ता आरोपसमेत लगाइन्।

    उनले न्यायाधीशहरू बढुवाको दबाबमा दुई तिहाइको सरकारसँग पंगा लिन नचाहेको दाबी गर्दै, “गृहमन्त्रीको कोठामा बसेर न्यायालयलाई धम्काउने पत्र तयार हुन्छ” भनेर आरोप लगाइन्।

    पौडेलले आफ्ना श्रीमान् रवि लामिछानेमाथि लागेको सबै मुद्दा गृहमन्त्री रमेश लेखकको कार्यकालपछिका मात्र भएको उल्लेख गर्दै, कुनै पनि मुद्दा हदम्यादभित्र नभएको बताइन्। उनले राज्यका सबै निकायहरूलाई एउटै “रावणका फरक टाउका” जस्तो भन्दै, आफू अन्तिमसम्म कानुनी ढोकामा ढकढक्याइरहने दृढता प्रकट गरिन्।

    अन्त्यमा, उनले यो अन्यायविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा जाने तयारी भएको उल्लेख गर्दै पहुँच भएका व्यक्तिहरूलाई सहयोगका लागि आग्रह गरिन्।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend