२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • विराटनगर बाल सुधार गृहमा झडप, प्रहरी...

विराटनगर बाल सुधार गृहमा झडप, प्रहरी घाइते

विराटनगर बाल सुधार गृहमा झडप, प्रहरी घाइते

बुधवार, श्रावण २८ २०८२०३:४९
बुधवार, श्रावण २८ २०८२०३:४९
  • images

    विराटनगर । विराटनगरको बाल सुधार गृहमा बालबालिकासँग प्रहरीबीच झडप भएको छ। प्रहरीले सुर्ती सेवनको आशंकामा चेकजाँच सुरु गरेपछि विवाद उत्पन्न भएको हो।

    सुधार गृह प्रमुख गायत्रीप्रसाद ढकालले घटनामा १ जना प्रहरी घाइते भएको जानकारी दिएका छन्। झडपपछि बाल सुधार गृहमा व्यापक रूपमा प्रहरी परिचालन गरिएको छ।

    हाल त्यहाँ चारवटै सुरक्षा निकायका प्रमुख उपस्थित छन्। केही बालबालिका भागेको हुनसक्ने अनुमान गरिएको छ। विराटनगर सुधार गृहमा हाल १२ देखि ३२ वर्ष उमेर समूहका २४९ जना बालबालिका राखिएका छन्।

    प्रहरी र सुधार गृह प्रशासनले घटना नियन्त्रणमा लिन प्रयासरत छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend